२०८२ साउन १९, सोमवार , ०३:५२:१० बजे

Sajhamanch
'

बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेश

सोमवार, साउन १९, २०८२

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले दाबी पेश गर्नका लागि २४ घण्टा समय दिएर आह्वान गरेको केही बेरमै बानियाँले दाबी पेश गर्नुभएको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि भोलि दिउँसो २ बजेसम्म समय दिएर संविधानको धारा ६८ को उपधारा (२) बमोजिम दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

संविधानको धारा ६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्री पदमा दाबी पेश गर्न सक्नेछन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाले हिजोदेखि लागू हुनेगरी राजीनामा दिनुभएपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शुरू भएको हो । पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुभएको हो ।

सम्बन्धित खबर