२०८२ साउन १९, सोमवार , ११:०६:२७ बजे

Sajhamanch
'

यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जना भन्दा धेरै शरणार्थीको ज्यान गयो

सोमवार, साउन १९, २०८२

झापा । यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जनाभन्दा धेरै अफ्रिकी शरणार्थी तथा आप्रवासीको ज्यान गएको छ । अझै ७४ जना हराइरहेका छन् । १५४ जना इथियोपियाली नागरिक चढेको डुङ्गा डुबेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

१२ जनालाई जिवित उद्धार गरिएको खबरमा उल्लेख छ । यो क्षेत्र अफ्रिका र मध्यपूर्व जोड्ने खतरनाक जलमार्गका रूपमा चिनिन्छ । विशेष गरी इथियोपिया र सोमालियाबाट खाडी देशतर्फ जान खोज्ने आप्रवासीहरू तस्करमार्फत यस्तो जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार २०२४ मा ६० हजार भन्दा बढी आप्रवासी यमन पुगेका थिए, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो । पछिल्ला दुई वर्षमा मात्रै यो मार्गमा सयौंको ज्यान गइसकेको छ । अहिले यमनमा तीन लाख ८० हजार शरणार्थी तथा आप्रवासी रहेका छन् ।

सम्बन्धित खबर