
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको ७० भन्दा बढी देशहरूमाथिको नयाँ भन्सार कर सात दिनभित्र लागू हुने भएको छ । तर क्यानाडाको हकमा भने नयाँ ३५ प्रतिशत करको दर आजराति देखि नै लागू हुने बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले यसअघि नै अगस्ट १ अर्थात आजलाई अन्तिम म्यादको रूपमा तोक्दै ती देशहरूले सम्झौता नगरेमा नयाँ कर लागू हुने चेतावनी दिनुभएको थियो । ७ अगस्टसम्म पानीजहाजमा लोड गरिएका वस्तुहरूमा नयाँ दरको असर नपर्ने खबरमा उल्लेख छ ।
अमेरिकाले क्यानाडामाथि लगाइएको ३५ प्रतिशत भन्सार करको कारण अवैध लागूपदार्थ सङ्कटमा पर्याप्त सहयोग नगरेको तथा अमेरिकाविरुद्धको प्रतिक्रिया नीतिलाई मानेको जनाएको छ ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले जुलाईमा दिएको एक बयानमा फेन्टानिल नियन्त्रणमा ‘महत्त्वपूर्ण प्रगति’ भएको बताउनु भएको थियो ।