२०८२ साउन १४, बुधवार , १२:५५:४९ बजे

Sajhamanch
'

रुसको पूर्वी क्षेत्रमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प स् सुनामीको चेतावनी

बुधवार, साउन १४, २०८२

झापा । रुसको पूर्वी क्षेत्रमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा बिहान गएको हो ।

यो शक्तिशाली भूकम्पपछि परकम्प गैरहने अवस्था छ । रुसी समाचारसंस्था तासले भूकम्पमा परी थुप्रै व्यक्ति घाइते भएका जनाएको छ ।

ठूलो भूकम्पपछि रुस, जापान र अमेरिकाको अलास्का क्षेत्रमा सुनामीको जोखिम छ । ती क्षेत्रमा सतर्कता अपनाउन र नागरिकलाई तत्काल सुरक्षित ठाउँमा जान आग्रह गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी अधिकारीले अलास्का र हवाई क्षेत्रमा सुनामी आउने चेतावनी दिएका छन् । सुनामी शङ्खलाबद्ध शक्तिशाली छाल हो । यसले व्यापक क्षति गर्न सक्छ ।

आज भूकम्प गएको रुसको क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको हो । विगत १० दिनमा त्यहि क्षेत्रमा एकपछि अर्को भूकम्प गएको थियो । जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प गएको तथ्याङ्क छ ।

सम्बन्धित खबर