२०८२ साउन १३, मङ्गलवार , ११:५४:१३ बजे

Sajhamanch
'

बन्दुकधारीले गोली चलाउँदा अमेरिकाको न्युयोर्कमा एक प्रहरीसहित चार जनाको ज्यान गयो

मङ्गलवार, साउन १३, २०८२

झापा । अमेरिकाको न्युयोर्कमा एक व्यक्तिले गोली चलाउँदा प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । हिजो साँझ एक जना बन्दुकधारी व्यक्ति एमआर राइफल बोकेर एउटा भवनको लबीमा प्रवेश गरेलगत्तै अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

उनले पहिलो गोली भवनको सुरक्षार्थ खटिएका प्रहरी अधिकृत दिदारुल इस्लाममाथि चलाएका बीबीसीले जनाएको छ । इस्लामको घटनास्थलमै ज्यान गएको खबरमा उल्लेख छ ।

शङ्का गरिएका आक्रमणकारी २७ वर्षीय शेन डेभन तामुरा लास भेगासबाट आएका भनिएको छ । उनले पछि भवनको ३३औं तल्लामा पुगेर थप मानिसहरूलाई गोली हानेका थिए र अन्त्यमा आफूलाई छातीमा गोली हानेर आत्महत्या गरेका समाचारमा जनाइएको छ ।

घटनामा तीन जना अरू व्यक्तिको पनि ज्यान गएको छ भने अन्य केही घाइते भएको खबरमा उल्लेख छ । प्रहरीका अनुसार तामुराले मानसिक स्वास्थ्य समस्या भोगिरहेको हुन सक्ने जनाइएको छ । उनका कुनै पनि प्रत्यक्ष सम्बन्ध त्यो भवन वा व्यवस्थापन कम्पनीसँग नभएको खुलाइएको छ ।

सम्बन्धित खबर