२०८२ साउन १३, मङ्गलवार , ११:२१:४१ बजे

Sajhamanch
'

प्रकृतिको संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर भोगिरहेका छौँ : प्रधानमन्त्री

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताउनुभएको छ।

मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गर्नुभएको छ। ‘प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ’, प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।

नागपञ्जमी वातावरण सन्तुलनको प्रतीकको पर्व भएको उहाँले उल्लेख गर्नुभएको छ। ‘आज नागपञ्चमीस् पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन, यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ’, उहाँले लेख्नुभएको छ।

प्रकृतिको संरक्षण गर्ने सन्देश नेपाली समाजको प्राचीन सभ्यता भएको ओलीले स्मरण गराउनुभएको छ । ‘प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमी जस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ’, ओलीले सन्देशमा लेख्नु भएको छ ।

आजको दिन घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ । ‘हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्, यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ, सबैलाई नागपञ्चमीको शुभकामना’, उहाँले लेख्नु भएको छ।

सम्बन्धित खबर