
झापा । उत्तरी चीनमा अस्ति आइतवारदेखि आएको अविरल वर्षा र बाढीका कारण अहिलेसम्म ३० जनाको ज्यान गएको छ । हजारौं मानिस विस्थापित भएका छन् ।
राजधानी बेइजिङमा मात्रै ८० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ । बाढीले पुल र सडकहरू भत्काएका र सयभन्दा बढी गाउँमा विद्युत् सेवा अवरुद्ध भएको खबरमा उल्लेख छ ।
चीनका राष्ट्रपति सी जिनपिङले हराइरहेका र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारमा ‘पूर्ण प्रयास’ गर्न निर्देशन दिनुभएको छ ।
चीन सरकारले उच्च सतर्कता जारी गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, पुनःस्थापना र उद्धार कार्यलाई प्राथमिकता दिएको जनाएको छ ।