२०८२ साउन १२, सोमवार , ०९:४३:४१ बजे

Sajhamanch
'

देशभर अहिलेसम्म ७८ प्रतिशत धान रोपाइँ

सोमवार, साउन १२, २०८२

काठमाडौं । साउनको मध्य हुनै लाग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सबैभन्दा बढी धान फल्ने मधेश र कोशीमा कम रोपाइँ छ । मधेशमा अहिलेसम्म झन्डै ५२ प्रतिशत मात्रै रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता केन्द्रले जनाएको छ ।

मधेशमा कुल ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाई गरिन्छ । हिजोसम्म एक लाख ९३ हजार ११६ हेक्टरमा मात्रै रोपाइँ भएको छ । यो गएको वर्षको तुलानामा आधा मात्रै हो ।

गएको वर्ष यो समयमा मधेश प्रदेशमा ९२ प्रतिशत रोपाइँ भएको थियो । धान उत्पादनको दोस्रो ठूलो प्रदेश कोशीमा रोपाइँ कमी आएको छ । कोशीमा ८० प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ ।

गएको वर्ष यही समयमा कोशीमा ९० प्रतिशत रोपाइँ भएको थियो । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको छ । त्यहाँ अहिलेसम्म ९९ प्रतिशत रोपाइँ सकिएको छ ।

यस्तै कर्णाली प्रदेशमा झन्डै ९२ प्रतिशत, लुम्बनीमा ९२ प्रतिशत, बागमतीमा ८७ प्रतिशत र गण्डकी प्रदेशमा ८४ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर