
काठमाडौं । इरानको जेलमा रहेको पाँच जना नेपाली स्वदेश फर्किएका छन् । कूटनीतिक पहलपछि इरानको जेलमा रहेका पाँच जना नेपाली हिजो स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पछिल्लो इजरायल–इरान युद्धमा नेपाली नागरिकको सुरक्षा र उद्धारका क्रममा इरानको जेलमा पाँच जना नेपाली रहेका थाहा भएपछि मन्त्रालयले कूटनीतिक पहल शुरू गरेको थियो ।
अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि तेहरानमा रहेको नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा उनीहरू हिजो काठमाडौं आइपुगेका मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
इजरायल–इरान द्वन्द्वकै क्रममा सरकारले भारतलाई अनुरोध गरेर भारतीय विमानमार्फत ३ लटमा गरी ९ जना नेपाली यसअघि स्वदेश फिर्ता भइसकेका छन् ।