२०८२ साउन ९, शुक्रवार , ०२:०५:०१ बजे

Sajhamanch
'

भारतको मणिपुरमा राष्ट्रपति शासन थप ६ महिनाका लागि लम्ब्याइयो

शुक्रवार, साउन ९, २०८२

झापा । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा लगाइएको राष्ट्रपति शासन थप ६ महिना लम्बिने भएको छ । यो आदेश २०२५ अगस्ट १३ अर्थात् साउन २८ गतेदेखि लागू हुने बीबीसीले जनाएको छ ।

यस सम्बन्धमा भारतको राज्यसभाबाट आधिकारिक सूचना प्रकाशित गरिएको छ । संविधानको अनुच्छेद ३५६ अन्तर्गत राष्ट्रपतिबाट मणिपुरमा भइरहेको नियन्त्रणलाई निरन्तरता दिने सन्दर्भमा राज्यसभाले स्वीकृति प्रदान गरेको हो ।

यसअघि मणिपुरका तत्कालीन मुख्यमन्त्री एन. बिरेन सिंहले पदबाट राजीनामा दिएपछि राज्यमा राष्ट्रपतिको शासन लागू भएको थियो ।

सन् २०२३ देखि मणिपुरमा जातीय हिंसात्मक सङ्घर्ष चलेको थियो । खासगरी कुकी र मेइतेई समुदायबीचको तनाव र द्वन्द्वका कारण राज्यमा स्थायित्व स्थापित हुन सकेको छैन ।

यसबीचमा दर्जनौं मानिसको ज्यान गइसकेको छ भने हजारौं मानिस विस्थापित भएका छन । स्थिति अझै पनि पूर्णरूपमा नियन्त्रणमा नरहेको भन्दै भारत सरकारले राष्ट्रपतिको शासनलाई थप लम्ब्याउने निर्णय लिएको हो ।

सम्बन्धित खबर