२०८२ साउन ९, शुक्रवार , ०२:३०:५८ बजे

Sajhamanch
'

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक फैसला

बिहिवार, साउन ८, २०८२

झापा । संयुक्त राष्ट्रसङ्घको एक उच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक फैसला सुनाएको छ । हिजो सुनाइएको यो फैसलाले अब जलवायु परिवर्तनको मुद्दामा राष्ट्रहरूले एकअर्कामाथि कानूनी रूपमा मुद्दा दायर गर्नसक्ने बाटो खुला गरेको बीबीसीले जनाएको छ ।

हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशहरूले जलवायु परिवर्तनको कुन पक्षका लागि कुन देश कति जिम्मेवार छ भनेर निर्धारण गर्न कठिन हुनसक्ने बताएका छन् ।

कानूनी विशेषज्ञहरूका अनुसार यो फैसलाले दीर्घकालीन प्रभाव पार्नेछ । जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका राष्ट्रहरूका लागि यो फैसला विजयका रूपमा हेरिएको छ ।

प्रभावित देशहरू जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी प्रगति नभएको भन्दै यो समस्यासँग जुध्नका लागि अदालत पुगेका थिए ।

सम्बन्धित खबर