२०८२ साउन ९, शुक्रवार , ०१:३१:०७ बजे

Sajhamanch
'

आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ : सभामुख घिमिरे

बिहिवार, साउन ८, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताउनु भएको छ ।

आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले प्रत्येक कुराहरू सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाइ गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । मागहरू अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने उहाँले बताउनु भयो ।

कोसिसको बाबजुद पनि सुनुवाइ भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको पनि उहाँले बताउनु भयो । बाँसको सामग्रीको प्रवर्द्धनका लागि संसदमा कुनै कानूनहरु अड्किएका भए निर्माण गर्नेकुरामा प्रतिनिधि सभा सधैँ अग्रसर रहने घिमिरेले बताउनु भयो ।

सभामुख घिमिरेले बाँस वनस्पतिलाई धेरै ठाउँमा प्रयोग गर्न सकिने र यसको महत्त्व उल्लेख्य रहेको बताउनु भयो ।

सम्बन्धित खबर