२०८२ साउन ७, बुधवार , ०७:३५:२९ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा

बुधवार, साउन ७, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा गर्नुभएको छ । जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो ।

सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

उहाँले जापानले आफ्नो अर्थतन्त्रलाई कार, ट्रक, चामल र केही कृषि उत्पादनलगायत अमेरिकी उत्पादनका लागि खुला गर्ने बताउनुभयो ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले सम्झौताको स्वागत गर्नुभएको छ, तर सम्झौताका थप विवरणहरू अध्ययन गर्न बाँकी रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

यसै महिना जापानलाई पठाएको पत्रमा ट्रम्पले अगस्ट १ भन्दा अगाडि नयाँ व्यापार सम्झौता नभए अमेरिकामा जापानले गर्ने सामग्रीको निर्यातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिनुभएको थियो ।

जापानले भन्सार र गाडी आयात शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतसम्म कटौती गर्ने सम्झौतामा पुगेको हो ।

सम्बन्धित खबर