२०८२ साउन ६, मङ्गलवार , ०४:४९:३९ बजे

Sajhamanch
'

गएको आर्थिक वर्षमा १८ खर्ब रुपैयाँको वस्तु आयात, निर्यातमा रेकर्ड

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । गएको आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । त्यस्तै २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको तथ्याङ्क छ ।

आयात अघिल्लो वर्षको तुलनामा १३ दशमलव २५ प्रतिशतले बढेको छ । त्यस्तै निर्यातमा रेकर्ड बनेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा निर्यात ८१ दशमलव ८० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो ।

नेपालको वैदेशिक व्यापार घाटा २०८१/८२ मा १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब रुपैयाँभन्दा धेरैले बढेको हो ।

नेपालको वैदेशिक व्यापार घाटा २०८०/८१ मा १४ खर्ब ४० अर्ब रहेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ६ प्रतिशतले बढेको हो ।

नेपालको मुख्यगरी छिमेकी भारत र चीनसँग ठूलो मात्रामा वैदेशिक व्यापार घाटामा छ । सियोदेखि सुनसम्म नेपालले आयात गर्दै आएको छ ।

सम्बन्धित खबर