२०८२ साउन ६, मङ्गलवार , ०१:१८:५३ बजे

Sajhamanch
'

सङ्खुवासभा, पाँचथर, रसुवा र रुकुम पश्चिममा सडक अवरुद्ध

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । बाढी पहिरोका कारण सङ्खुवासभा, पाँचथर, रसुवा र रुकुम पश्चिममा सडक अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुण खोलामा बिहानदेखि सडक अवरुद्ध भएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ क्लब डाँडामा पहिरो खस्दा पासाङल्हामु सडक पनि अवरुद्ध छ ।

पाँचथरमा बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् । फिदिम नगरपालिका–४ र हिलिहाँङ गाउँपालिका–७ को सङ्गमस्थलमा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ ।

पाँचथरकै तुम्बेवा गाउँपालिका–२ मा बाढीका कारण तमोर कोरिडोर सडक खण्ड अवरुद्ध छ ।

जाजरकोट–डोल्पा–भेरी करिडोरअन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट–डोल्पा सडक एक महिनादेखि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

बाग्लुङको बाग्लुङ नगरपालिका–१० को दब्लायाङमा पहिरोले कालीगण्डकी सडक एकतर्फी सञ्चालनमा छ ।

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३ तरङखोलामा बाढीका कारण सडक एकतर्फी सञ्चालनमा छ ।

काठमाण्डौको टोखा नगरपालिकामा अविरल वर्षाका कारण काठमाण्डौ–नुवाकोट सडक खण्ड एकतर्फी सञ्चालनमा छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिम र तरङखोलामा पहिरोले शहीद राजमार्ग पनि एकतर्फी सञ्चालनमा छ ।

सम्बन्धित खबर