
काठमाडौं । मदन पुरस्कार २०८१ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ । मदन पुरस्कार गुठीले आज सात वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।
२०८१ को मदन पुरस्कारका लागि प्राप्त भएका २९९ पुस्तकमध्ये गुठीले सात वटालाई श्रेष्ठ सूचीका रूपमा छनोट गरेको हो । यिनै सात वटा पुस्तकमध्येबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।
मदन पुरस्कार गुठीले सार्वजनिक गरेको श्रेष्ठ सात पुस्तकहरूमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो: कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत) तथा तीर्थ गुरुङको ‘हिउँको गीत’ रहेका छन् ।