२०८२ साउन ६, मङ्गलवार , १०:५७:०६ बजे

Sajhamanch
'

इजरायली सेनाले हाम्रा कर्मचारीमाथि आक्रमण गर्‍यो : विश्व स्वास्थ्य सङ्गठन

मङ्गलवार, साउन ६, २०८२

झापा । इजरायलको आक्रमण चलिरहँदा गाजामा मानवीय सङ्कट झन बढ्दै गएको छ । इजरायलीसेनाको आक्रमणबाट दैनिक जसो नागरिकहरुले ज्यान गुमाइरहेका छन । त्यस्तै भोकमरीको अवस्था पनि सिर्जना भएको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले इजरायली सेनाले गाजाको डेइर अल–बलाह शहरमा रहेको डब्ल्यूएचओ सङ्गठनका कर्मचारीको घर र प्रमुख गोदाममा आक्रमण गरेको आरोप लगाएको छ ।

हिजो भएको हवाई आक्रमणका कारण आगलागीसमेत भएको र जसले कर्मचारी र उनीहरूका परिवारहरूलाई ठूलो जोखिममा पारेको बीबीसीले जनाएको छ ।

इजरायली सुरक्षाकर्मीहरूले पुरुष कर्मचारीहरूको लुगा उतारी बन्दुकको नोकमा सोधपुछसमेत गरेका समाचारमा भनिएको छ । तर डब्ल्यूएचओका गम्भीर आरोपहरूबारे इजरायली पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि आइतवार, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले डेइर अल–बलाहमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई त्यहाँबाट तत्काल बाहिरिन निर्देशन दिएको थियो । सोमवार इजरायली ट्याङ्करहरू पहिलोपटक शहरको दक्षिणी र पूर्वी क्षेत्रमा प्रवेश गरेका थिए ।

सम्बन्धित खबर