
झापा । झापाका तीन स्थानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
हिजो साँझ ६ः५० बजे कमल गाउँपालिका ६ मंगलबारेस्थित पाडाजुँगी– गौरादह सडक खण्डमा दही चोकबाट पाडाजुँगीतर्फ आउँदै गरेको मे.१ च. ८२५ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको को.१८ प.३७७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कमल-५ बस्ने १६ वर्षीय सुजन खनाललाई केही नभएको तर सोही मोटरसाइकलमा पछाडि सवार उनका हजुरबुबा ७६ वर्षीय कृष्णप्रसाद खनाल गम्भीर घाइते भएका थिए ।
टाउको र निधारमा चोट लागेर सोही मारुती चालक कमल ४ बस्ने ५१ वर्षीय हेमराज राईले उपचारको लागि दमक अस्पताल एन्ड रिसर्च सेन्टर दमकमा ल्याई उपचारको क्रममा साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर दुवै सवारी साधन र दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिजो साँझ ७ः३० बजे शिवसताक्षी नगरपालिका-६ हवल्दार चोकस्थित भित्री सडक खण्डमा मे. १ ह. ७११४ नम्बरको सिटी सफारी र बा. ४८ प. ६३९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-७ चन्द्रडाँगी बस्ने वर्ष २७ को दीपेश राजवंशी, मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २४ का रमेश राजवंशी, सिटी सफारी चालक शिवसताक्षी नगरपालिका-६ बस्ने वर्ष ५० का चन्द्र महरा र सिटी सफारीमा सवार शिवसताक्षी-५ बस्ने वर्ष ६० का बमबहादुर दर्जी रहेका छन् । घाइतेहरूलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी बिर्तामोड अस्पताल ल्याइएको छ ।
त्यस्तै हिजो राति कमल–४ ज्योति चोकस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको बा.प्र.०२–०५० प. ३९७३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट चन्द्रपुर –४ बस्ने वर्ष २३ का रोशन खड्का घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारको लागि आम्दा अस्पताल दमक पठाएको प्रहरीले जनाएको छ ।