
झापा । भारतको बम्बई उच्च अदालतले मुम्बई लोकन ट्रेन विस्फोट प्रकरणका सबै आरोपीलाई सफाइ दिएको छ । सन् २००६ जुलाई ११ मा मुम्बई लोकल ट्रेन विस्फोट प्रकरणमा १२ जनालाई दोषी ठहराउने विशेष अदालतको आदेशलाई बम्बई उच्च अदालतले खारेज गरेको बीबीसी हिन्दीले जनाएको छ ।
अभियोजन पक्षले उनीहरूविरुद्ध लागेको आरोप प्रमाणित गर्न नसकेको उच्च अदालतले जनाएको छ । अदालतले लामो समयपछि दिइएको बयानमा विश्वास गर्न नसकिने तर्क गरेको छ ।
मुम्बई लोकल ट्रेनमा शृङ्खलाबद्ध विस्फोट हुँदा १८९ जनाको ज्यान गएको थियो भने ८२४ जना घाइते भएका थिए । सन् २००६ मा पश्चिमी रेल्वेको मुम्बईको उपनगरीय रेलहरूमा ११ मिनेटको अन्तरमा ७ वटा विस्फोट भएका थिए । यी विस्फोटहरू उपनगरीय रेलहरूको प्रथम श्रेणीको कोचहरूमा राखिएको प्रेसर कुकर बमका कारण भएका थिए ।
यस मुद्दामा महाराष्ट्र सङ्गठित अपराध नियन्त्रण ऐन ९एमसीओसीए० को विशेष अदालतले सन् २०१५ सेप्टेम्बरमा १२ जनालाई दोषी ठहर गरेको थियो । ‘लाइभ ल’ को रिपोर्ट अनुसार विशेष अदालतले पाँच जना दोषीलाई मृत्युदण्ड र सात जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।
झन्डै एक दशकपछि बम्बई उच्च अदालतले १२ जनालाई नै सफाइ दिएको हो ।