२०८२ साउन ४, आइतवार , ११:४१:४० बजे

Sajhamanch
'

इरानका आणविक केन्द्रहरु पूर्णतया ध्वस्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

आइतवार, साउन ४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ‘पूर्णतया ध्वस्त’ पारेको बताउनुभएको छ ।

आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर्णरुपमा ध्वस्त वा नष्ट गरिएको’ दाबी दोहोर्‍याउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गएको जुन २२ मा अमेरिकाले इरानको विवादास्पद आणविक कार्यक्रमस्थलमाथि हवाई आक्रमण गरेको थियो । आक्रमणमा तेहरानको दक्षिणमा रहेको फोर्डोमा रहेको युरेनियम संवर्द्धन केन्द्रका साथै इस्फाहान र नातान्जका आणविक ठाउँमा व्यापक क्षति भएको थियो ।

इरानी आणविक र सैन्य पूर्वाधारविरुद्ध इजरायलको अभियानका क्रममा भएका यी बम विस्फोटलाई अमेरिकाले आणविक हतियार निर्माण गर्ने वर्षौं लामो गोप्य प्रयासको ‘नकआउट’ प्रहारका रूपमा लिएको थियो । इरानले आफ्नो असैनिक आणविक शक्ति कार्यक्रमलाई हतियार बनाउने प्रयास नगरेको दाबी गर्दै आएको छ ।

ट्रम्पले पूर्ण रूपमा सफलता हासिल गरेको दाबी गरे पनि धेरै अमेरिकी सञ्चार माध्यमहरूले चुहिएको गुप्तचर सूचनाको हवाला दिँदै आक्रमणबाट सबै इरानी आणविक र सैन्य पूर्वाधार नस्ट नभएको दाबी गर्नुभएको छ ।

सम्बन्धित खबर