२०८२ साउन २, शुक्रवार , ०२:११:३६ बजे

Sajhamanch
'

अमेरिकी संसदबाट क्रिप्टोकरेन्सी नियमनसम्बन्धी पहिलो विधेयक पारित

शुक्रवार, साउन २, २०८२

झापा । अमेरिकाको संसदले क्रिप्टोकरेन्सी नियमनसम्बन्धी पहिलो ठूलो विधेयक जिनियस एक्ट पारित गरेको छ ।

यसले अमेरिकी डलर वा यस्तै सम्पत्तिको आधारमा ‘स्टेबलकोइन’ जारी गर्नेलाई पर्याप्त रिजर्भ राख्न बाध्य बनाउने वासिङ्टन पोस्टले जनाएको छ ।

यसअघि जुन महिनामा सिनेटले पारित गरिसकेको विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरपछि कानून बन्नेछ ।

‘क्रिप्टो राजधानी बनाउने’ वाचा गर्नुभएका ट्रम्पले विधेयकको स्वागत गर्दै आफ्नै क्रिप्टो व्यवसायसमेत प्रवर्द्धन गरिरहनु भएको छ ।

ट्रम्प प्रशासनले क्रिप्टोमैत्री नीति ल्याएको हो भने अघिल्लो बाइडेन प्रशासनले कडा नियमन गरेको थियो ।

यो विधेयकसँगै संसदले कमिसनलाई मान्यता दिने र केन्द्रीय डिजिटल मुद्रा जारी गर्न फेडरल रिजर्भलाई रोक लगाउने थप दुई प्रस्ताव पनि पारित गरेको छ ।

तीनवटै प्रस्ताव दुई दिनको रोकपछि बिहीवार ट्रम्पकै हस्तक्षेपमा पारित भएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर