२०८२ साउन १, बिहिवार , ०४:३१:०७ बजे

Sajhamanch
'

नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार ७५ अङ्कले बढ्यो, साढे १६ अर्ब रुपैयाँको कारोबार

बिहिवार, साउन १, २०८२

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ८४ अङ्कले बढेर २ हजार ८७० दशमलव ६३ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै साढे ४ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको फागुन १९ गते नेप्से २ हजार ८७६ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै जलविद्युत्, लगानी, जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज ट्रेड टावर, शुभम् पावर र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईबीएल स्टेबल फन्डको शेयर भने साढे ७ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका ३ करोड ८६ लाख कित्ता शेयर १६ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम साढे १० महिनायताकै धेरै हो । गएको भदौ ११ गते १८ अर्ब ६४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

सम्बन्धित खबर