२०८२ साउन १, बिहिवार , ०२:०३:४८ बजे

Sajhamanch
'

चलचित्र ‘मैझारो’को छायांकन इलामबाट सुरु

बिहिवार, साउन १, २०८२

काठमाडौं । चलचित्र ‘मैझारो’को छायांकन सुरु भएको छ । पूर्वीपहाडी जिल्ला इलामबाट सिनेमाको छायांकन सुरु भएको हो ।

अभिनेता विल्सन विक्रम राईको निर्देशनमा आजबाट सुरु भएको ‘मैझारो’को छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानमा हुनेछ ।

चलचित्रले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई समेट्नेछ । चलचित्रमा कथा, पटकथा र निर्देशन राई स्वयंको छ ।

चलचित्रमा धिरज मगर, मिरुना मगर, दीया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरुङलगायत कलाकारको मुख्य भूमिका छ ।

सम्बन्धित खबर