२०८२ साउन १, बिहिवार , ११:३३:२८ बजे

Sajhamanch
'

यूएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी

बिहिवार, साउन १, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० जना नेपालीलाई आममाफी दिएको छ ।

विभिन्न कसूरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई यूएई सरकारले आममाफी दिएको नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

यूएई सरकारको यो निर्णयप्रति नेपाली दूतावासले आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

सम्बन्धित खबर