
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरूमा देखिएको छ ।
पौडेलले गएको शुक्रवार आउँदो वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत निर्धारण गरिएको थियो ।
नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको थियो । बजारमा मुद्रा आपूर्ति बढाउने राष्ट्र बैंकको नीतिलाई टेवा पुग्ने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् ।
सबैजसो बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर साउनका लागि तोक्दै असारको तुलनामा घटाएका छन् ।
कृषि विकास बैंकले ५ दशमलव ४५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिँदै आएकोमा साउनमा ५ दशमलव ४० प्रतिशत दिने भएको छ ।
एभरेस्ट बैंकले असारमा ६ दशमलव ५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दती निक्षेपमा साउनमा ६ दशमलव २५ प्रतिशत दिनेछ ।
यस्तै अर्को ठूलो बैंक नेपाल बैंकले ५ दशमलव ४५ प्रतिशत ब्याज दिँदै आएकोमा साउनका लागि ५ दशमलव ४० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले असारमा ५ दशमलव ७५ प्रतिशत ब्याज दिँदै आएकोमा साउनमा ५ दशमलव ५० प्रतिशत ब्याजदर दिनेछ ।
त्यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६ प्रतिशत दिँदै आएकोमा साउन पनि त्यही नै लागू गर्नेछ । एनआईसी एशियाले असारको तुलनामा ब्याजदर घटाएको छ । असारमा उसले ६ दशमलव ५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा साउनमा ६ दशमलव २५ मात्रै ब्याज दिनेछ ।
यस्तै प्रभु बैंकले ब्याजदर धेरै घटाएको छ । असारमा मुद्दती निक्षेपतर्फ ६ दशमलव १० प्रतिशत ब्याज दिने गरेकोमा प्रभुले साउनमा ४ दशमलव २५ प्रतिशत मात्रै ब्याज दिनेछ ।
स्टान्डर्ड चार्टर्ड बैंकले ब्याजदर बढाएको छ । यो बैंकले साउनमा ६ दशमलव २५ ब्याज दिँदै आएकोमा साउनमा मुद्दती निक्षेपतर्फ ६ दशमलव २६ प्रतिशत ब्याज दिनेछ ।
राष्ट्रिय वाणिज्य बैंकले असारमा ६ प्रतिशत ब्याज दिएकोमा साउनमा ५ दशमलव ५० प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिनेछ ।
नबिल बैंकले पनि ब्याजदर घटाएको छ । नबिलले असारमा ५ दशमलव ७५ प्रतिशत दिँदै आएकोमा साउनमा ५ दशमलव ५० प्रतिशत मुद्दती निक्षेपतर्फ ब्याज निर्धारण गरेको छ ।
ग्लोबल आईएमी बैंकले ब्याजदर घटबढ गरेको छैन । उसले असारमा ६ प्रतिशत तोकेकोमा साउनमा पनि यसैलाई कायम गरेको छ ।
अर्को बैंक सिद्धार्थले पनि ब्याजदरमा परिवर्तन गरेको छैन । असारमा उसले ५ दशमलव ७५ ब्याजदर तोकेको थियो । साउनमा पनि यो लागू हुनेछ ।
प्राइम कमर्सियल बैंकले ब्याजदर असारमा ६ दशमलव २५ प्रतिशत दिँदै आएकोमा साउनमा ६ प्रतिशत कायम गरेको छ ।
कुमारी बैंकले पनि असारको तुलनामा घटाएको छ । कुमारी बैंकले असारमा ५ दशमलव ७१ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा अब साउनमा ५ दशमलव ४१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सानिमा बैंकले असारमा ६ दशमलव ३३ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा साउनका लागि घटाएर ६ दशमलव १८ प्रतिशतमा झारेको छ । अर्को ठूलो बैंक हिमालयन बैंकले असारमा ५ दशमलव ५० प्रतिशतबाट बढाएर साउनका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंकले असारका लागि ५ दशमलव ५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनका लागि घटाएर ५ दशमलव ३५ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
इन्भेस्टमेन्ट मेगा बैंकले पनि असारको तुलनामा घटाएको छ । असारमा उसले मुद्दती निक्षेपमा ५ दशमलव ५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनमा घटाएर ५ दशमलव २५ प्रतिशत निर्धारण गरेको छ ।
एनएमबी बैंकले असारमा ६ प्रतिशत ब्याजदर दिएकोमा साउनमा समेत यही नै कायम गरेको छ । सिटिजन्स बैंकले ५ दशमलव ६५ प्रतिशत ब्याज असारमा दिएकोमा घटाएर साउनमा ५ दशमलव ५० प्रतिशत ब्याज निर्धारण गरेको छ ।
राष्ट्र बैंकले नै ब्याजदर घटाउने नीति ल्याएका कारण आउँदा दिनमा अझै ब्याजदर घट्ने देखिन्छ ।