२०८२ असार ३२, बुधवार , १०:०२:०६ बजे

Sajhamanch
'

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गयो

बुधवार, असार ३२, २०८२

झापा । इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ ।

लेबनानको सरकारी समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) का अनुसार ज्यान गुमाउनेमध्ये सात जना सिरियाली नागरिक रहेका छन् भने आठ जना घाइते भएका छन् ।

इजरायली सेनाले विज्ञप्तिमा ‘हिजबुल्लाहको रेडवान बल’ विरुद्ध हवाई आक्रमण गरिएको उल्लेख गरेको छ ।

पछिल्लो आक्रमण मुख्यगरी ‘आतङ्कवादी आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने’ प्रशिक्षण केन्द्रलाई निशाना बनाएको उसको दाबी छ ।

इजरायल र इरान समर्थित हिजबुल्लाहबीच गएको नोभेम्बरमा युद्धविराम सम्झौता भए पनि इजरायली आक्रमण निरन्तर हुँदै आएको छ ।

युद्धविरामअनुसार हिजबुल्लाहले आफ्ना लडाकू लितानी नदीको उत्तरतर्फ तान्नुपर्ने थियो भने इजरायलले पनि आफ्नो सेना पाँचवटा रणनीतिक ठाउँबाहेक अन्य ठाउँबाट फिर्ता गर्नुपर्ने थियो ।

सम्बन्धित खबर