२०८२ असार ३१, मङ्गलवार , ०३:०२:२६ बजे

Sajhamanch
'

अमेरिकी भन्सार करका बाबजुत पनि चीनको अर्थतन्त्रमा वृद्धि

मङ्गलवार, असार ३१, २०८२

झापा । चीनको अर्थतन्त्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार कर र दीर्घकालीन घरजग्गा सङ्कटका बाबजुद पनि अपेक्षाभन्दा कम सुस्ताएको पाइएको छ ।

संसारको दोस्रो ठूलो अर्थतन्त्रले तीन महिनामा अघिल्लो वर्षको तुलनामा ५ दशमलव २ प्रतिशत वृद्धि गरेको बीबीसीले जनाएको छ ।

चीनको आर्थिक वृद्धिमा उत्पादन क्षेत्रमा ६ दशमलव ४ प्रतिशतको विस्तारले मुख्य भूमिका खेलेको छ । विशेष गरी ३ डी प्रिन्टिङ उपकरण, विद्युतीय गाडी र औद्योगिक रोबोटहरूको माग उच्च रहेको थियो ।

विश्लेषकहरू ट्यारिफले चीनको अर्थतन्त्रमा ठूलो असर पार्ने अपेक्षा गरेका थिए तर त्यसको असर देखिएन ।

चीनका राष्ट्रपति सी चिनफिङ र ट्रम्पबीचको ट्यारिफ युद्धले अमेरिकाले चिनीया सामानहरूमा १४५ प्रतिशत कर लगाएको छ । जवाफी रूपमा बेइजिङले केही अमेरिकी सामानहरूमा १२५ प्रतिशत कर लगाएको हो ।

सम्बन्धित खबर