२०८२ असार २९, आइतवार , ०४:२०:५१ बजे

Sajhamanch
'

मस्कको ‘एक्सएआई’ स्टार्टअपमा ‘स्पेसएक्स’ ले २ अर्ब डलर लगानी गर्ने

आइतवार, असार २९, २०८२

झापा । अमेरिकी अर्बपति एलन मस्कको ‘स्पेसएक्स’ ले आफ्नो कृत्रिम बृद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) कम्पनी ‘एक्सएआई’ मा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

लगानी बैंकिङ कम्पनी ‘मोर्गन स्टेनली’ ले गएको महिना घोषणा गरेको ‘एक्सएआई’ को पाँच अर्ब डलरको ‘इक्विटी फन्ड’ जम्मा गर्ने एक हिस्साका रूपमा ‘स्पेसएक्स’ यो लगानी गर्न सहमत भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो ‘स्पेसएक्स’ को ‘एक्सएआई’ मा पहिलो थाहा भएको लगानी हो र अर्को कम्पनीमा यसको सबैभन्दा ठूलो लगानी हो । एलन मस्कले ‘एआई’ सञ्चालनलाई प्रोत्साहन गर्न आफ्नो व्यापार साम्राज्यलाई बारम्बार परिचालन गर्नुभएको छ ।

मस्कको लगानीको ‘एक्स–एआई’ ले ‘ओपन–एआई’ सँग प्रतिस्पर्धा गरिरहेको छ । ‘ओपन–एआई’ एक अग्रणी एआई अनुसन्धान र परियोजना कम्पनी ‘च्याटजीपीटी’ प्लेटफर्म सिर्जना गर्नका लागि प्रसिद्ध कम्पनी हो ।

यस वर्षको शुरूमा उहाँले ‘एआई’ अनुसन्धान प्रयोगशाला ‘एक्सएआई’ लाई सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा एकीकृत गरी ‘ग्रोक’ को पहुँच बढाउने प्रयासलाई अघि बढाउनुभएको थियो । यो सहकार्यले नयाँ कम्पनीको मूल्य ११३ अर्ब डलर पुगेको खबरमा उल्लेख छ ।

मस्कले ‘ग्रोक’ लाई विश्वको सबैभन्दा स्मार्ट एआईको संज्ञा दिनुभएको छ । यसले ‘स्पेसएक्स’ को उपग्रह इन्टरनेट सेवा, स्टारलिङ्कका लागि ग्राहक समर्थन सुविधाहरूलाई सहयोग गर्छ । मस्कका प्रतिनिधिले भविष्यमा ‘स्पेसएक्स’ र ‘एक्सएआई’ बीच थप व्यावसायिक साझेदारी हुने बताएका छन् ।