२०८२ असार २९, आइतवार , ०१:५७:१८ बजे

Sajhamanch
'

आणविक ऊर्जा एजेन्सीसँगको सहकार्यको स्वरूप परिवर्तन हुन्छ : इरान

आइतवार, असार २९, २०८२

झापा । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्यले ‘नयाँ रूप लिने’ बताएको छ ।

आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्ता समाधानका लागि कूटनीतिक समाधानको चाहना व्यक्त गर्दै इरानले धारणा सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गएको महिना इजरायलले इरानविरुद्ध हवाई आक्रमण गरेपछि दुई देशबीच १२ दिन युद्ध भएको थियो ।

इजरायली बमबारी अभियानले सैन्य र आणविक ठाउँका साथै आवासीय क्षेत्रमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायसँग उसको सम्बन्ध बिग्रिएको थियो ।

सम्बन्धित खबर