२०८२ असार २७, शुक्रवार , ०४:२१:३३ बजे

Sajhamanch
'

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

शुक्रवार, असार २७, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ३५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पले पत्रमार्फत क्यानडाबाट अमेरिका आउने सामानहरूमा आउँदो अगस्ट १ देखि ३५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको हो । अमेरिकाले क्यानडाबाट आउने केही सामानहरूमा २५ प्रतिशत कर लगाइसकेको छ ।

क्यानाडा र अमेरिका जुलाई २१ सम्म सम्झौता गर्ने आशामा व्यापारिक वार्तामा संलग्न छन् तर ट्रम्पको पछिल्लो धम्कीले त्यो समयसीमा परिवर्तन गरेको देखिने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

‘यूएसएमसीए’ भनिने अमेरिका, मेक्सिको र क्यानडालाई एकताबद्ध गर्ने मुक्त व्यापार सम्झौतालाई ट्र्याकमा ल्याउन सकियोस् भन्ने उद्देश्यले क्यानाडा र मेक्सिको दुवैले ट्रम्पलाई सन्तुष्ट पार्ने तरिकाहरू खोज्ने प्रयास गरिरहेका छन् ।

यसैबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नयाँ समयसीमातर्फ अघि बढ्दै गर्दा आफ्नो सरकारले आफ्नो देशका कामदार र व्यवसायहरूको सुरक्षा जारी राख्ने बताउनुभएको छ ।

ट्रम्पले यस हप्ता अन्य अमेरिकी साझेदारहरूलाई २० भन्दा बढी यस्ता पत्रहरू पठाउनुभएको छ । उहाँले युरोपेली सङ्घमा चाँडै नयाँ करहरू घोषणा गर्ने पनि उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खबर