२०८२ असार २७, शुक्रवार , ११:४०:४७ बजे

Sajhamanch
'

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीको आक्रमणमा नौ जनाको ज्यान गयो

शुक्रवार, असार २७, २०८२

झापा । पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा बन्दुकधारीहरुको गोली प्रहारबाट नौ जनाको ज्यान गएको छ ।

बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेका यात्रुलाई बसबाट ओरालेर गोली हानिएको बीबीसी हिन्दीले जनाएको छ ।

झोबका सहायक कमिसनर नवीद आलमले नौ यात्रुको ज्यान गएको पुष्टि गर्नुभयो । सरकारी अधिकारीहरुका अनुसार अज्ञात बन्दुकधारीहरुले नाकाबन्दी गरेर यात्रुहरुलाई बसबाट झारेका थिए ।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिदले निकालेको विज्ञप्तिमा आतङ्कवादीहरूले कलात, मस्तुङ र झोबमा आक्रमण गरेका भनिएको छ । बन्दुकधारीहरुका खोजी भइरहेको सुरक्षा निकायले जनाएको छ ।

सम्बन्धित खबर