२०८२ असार २७, शुक्रवार , १०:०७:५३ बजे

Sajhamanch
'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा रोक

शुक्रवार, असार २७, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

अध्यागमन कार्यालयले सूचना निकालेर विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्रीको प्रयोगमा रोक लगाइएको जनाएको छ ।

कार्यालयका अनुसार अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अरु सजावटी वस्तु प्रयोग गर्न पाइने छैन ।

यस्तै कुनै समूह, सङ्गठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको परिचय झल्काउने पहिरन, टोपी, ब्याच वा अरु पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

यस्ता सामग्रीले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर