२०८२ असार २७, शुक्रवार , १०:०७:४९ बजे

Sajhamanch
'

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

शुक्रवार, असार २७, २०८२

काठमाडौं । सरकारसँग सहमति भएपछि सुनचाँदी व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

व्यवसायीहरुले विलासी करको विरोधमा आन्दोलन गर्दै आएका थिए । हिजो अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति जुटेको हो । यस सहमतिसँगै देशभरका सुनचाँदी पसलहरू आजदेखि नियमित सञ्चालनमा आउने भएका छन् ।

सरकार र सुनचाँदी व्यवसायीबीच भएको सहमति अनुसार, सुनचाँदी तथा रत्न आभुषणको कारोबार र त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधारका लागि विभिन्न निर्णयहरू भएका छन् ।

स्थानीय सुनचाँदी तथा रत्न आभुषण व्यवसायीको सहज पहुँच हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्न र वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार संशोधन गर्ने सहमति भएको छ ।

यस्तै सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानूनी तथा नीतिगत व्यवस्था, छिमेकी देशमा लाग्ने राजस्वका दरसँग सामञ्जस्यता कायम गर्नेलगायतका विषयमा सिफारिश गर्न कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।

सम्बन्धित खबर