२०८२ असार २५, बुधवार , ०४:४९:०१ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तत्कालका लागि भन्सार शुल्क स्थगित

बुधवार, असार २५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दरहरू थप्ने निर्णयलाई आउँदो अगस्ट १ तारिखसम्म स्थगित गर्नुभएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार अमेरिका व्यापार घाटाको ९५ प्रतिशत हिस्सा ओगटेका १८ देशसँग केन्द्रित छ । जापान र दक्षिण कोरियासँगको व्यापार सम्झौतामा झन् तनाव देखिएको बीबीसीले जनाएको छ ।

जापानी अर्थमन्त्रीले अमेरिकाको ऋणको ठूलो हिस्सा आफूसँग भएको जनाउँदै त्यसलाई दबावको स्रोत बनाउन सकिने सङ्केत दिएका छन् ।

यसैबीच चीनबाट अमेरिकातर्फको निर्यात ९ दशमलव ७ प्रतिशतले घटेको छ भने बाँकी विश्वतर्फ ६ प्रतिशतले बढेको छ ।

अमेरिकाले अहिले औसत १५ प्रतिशतले भन्सार दर लागू गरिरहेको छ जुन विगत ४० वर्षमा २ देखि ४ प्रतिशत थियो । ट्रम्प प्रशासनले आक्रामक नीति अख्तियार गरेपछि विश्वका अन्य देशहरू पनि आवश्यक रणनीतिमा छन् ।

सम्बन्धित खबर