
झापा । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि औपचारिक रूपमा सिफारिश गर्नुभएको छ ।
वाशिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँग भएको भेटमा नेतन्याहूले नोबेल समितिले पठाएको पत्र हस्तान्तरण गर्दै ट्रम्पले विभिन्न राष्ट्रहरूमा शान्ति स्थापनामा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको बीबीसीले जनाएको छ । अहिले ट्रम्पले एकपछि अर्को देशमा शान्ति स्थापना गरिरहनुभएको नेतन्याहूको भनाइ छ ।
यसअघि पाकिस्तानले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफरिश गरेको थियो । यसैबीच राष्ट्रपति ट्रम्पले गाजामा चलिरहेको युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको सङ्केत गर्नुभएको छ ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले हमासले युद्धविराम चाहेको बताउनुभयो । इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकासँगै मिलेर इजरायललेप्यालेस्टिनी नागरिककोउज्ज्जवल भविष्य चाहेको बताउनुभएको खबरमा उल्लेख छ ।