२०८२ असार २४, मङ्गलवार , ०९:३३:५१ बजे

Sajhamanch
'

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ दिन मात्र आईपीओ खुला रहने

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आईपीओमा आवेदन दिने अवधि छोट्याएको छ ।

बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका, मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आईपीओमा आवेदन दिने अवधि छोट्याएर न्यूनतम चार दिनमा झारेको हो ।

संशोधित निर्देशिका साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ । अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि चार दिन मात्र आईपीओ खुला रहने छ । तर यो समयमा सबै आइपीओ बिक्री नभएमा भने १५ दिनसम्म बिक्री खुला राख्न पाउने व्यवस्था बोर्डले गरेको छ ।

अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १५ दिनसम्म आईपीओमा आवेदन दिन पाउँदै आएका छन् । प्राथमिक शेयर निष्काशन प्रक्रियालाई थप छरितो, प्रभावकारी र लगानीकर्तामैत्री बनाउन यो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बोर्डले यसअघि पनि प्रविधिमा आधारित आवेदन प्रणाली, मेरो शेयर प्रणालीको विस्तार र प्राथमिक बजारमा पारदर्शिता ल्याउने उद्देश्यले विभिन्न सुधारहरू गर्दै आएको छ ।

सम्बन्धित खबर