
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ह्वाइट हाउसमा स्वागत गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गाजामा चलिरहेको युद्ध अन्त्य गर्न युद्धविराम सम्झौताको पहल गरिरहनु भएका राष्ट्रपति ट्रम्पको नेतन्याहुसँगको यो भेटलाई महत्वकासाथ हेरिएको छ ।
दुवै नेता ह्वाइट हाउसमा आयोजित रात्रीभोजमा भेटघाट गरिरहेका अमेरिकी समाचार संस्था बासिङटन पोष्टले जनाएको छ । भेटमा हालै इरानका आणविक केन्द्रहरुमाथि गरिएका हवाई आक्रमणपछिको अवस्थाका बारेमा पनि छलफल हुनेछ ।
यो भेटले मध्यपूर्व सङ्कट समाधानतर्फ केही सकारात्मक सङ्केत दिन सक्ने अपेक्षा गरिएको छ । दुई नेताबीचको भेट सफल भए युद्धविराम स्थायी समाधानतर्फ जाने आशा गरिएको छ ।
भेटपछि इजरायल–अमेरिका सम्बन्ध थप मजबुत हुने, प्यालेस्टेनी नेताहरूसँग वार्ताको नयाँ प्रस्तावको नीति आउन सक्ने र आर्थिक सहकार्य, रक्षा, प्रविधि लगायत क्षेत्रमा द्विपक्षीय सहकार्य हुन सक्ने चर्चा भइरहेको छ ।