
काठमाडौं। शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्न थप समय माग गरेका छन् ।
शिक्षा समिति बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले केही विषयमा कुरा नमिलेको भन्दै थप समय माग गरेका हुन् ।
‘एकदुई वटा विषयमा कुरा मिलेको छैन । सत्ता गठबन्धनमा छलफल गर्न छ,’ शिक्षामन्त्रीले भने, ‘हामी क्षमाप्रार्थी छौं। आज पास गर्ने भनेको हो ।तर, सकेनौ । केही समय चाहियो।’
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेकाले मन्त्रीले समय मागेका हुन्।
विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नुपर्ने समितिका सदस्यहरुले माग गर्दै आएका छन् ।