२०८२ असार २२, आइतवार , ०२:४९:५१ बजे

Sajhamanch
'

भारतमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको ‘एक्स’ खाता प्रतिबन्ध

आइतवार, असार २२, २०८२

झापा । भारतमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ को खाता प्रतिबन्ध भएको छ । कानूनी मागका कारण भारतमा समाचार एजेन्सी रोयटर्सको आधिकारिक ‘एक्स’ खाता प्रतिबन्ध भएको बीबीसीले जनाएको छ ।

रोयटर्सले प्रतिबन्धबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि रोयटर्सकै रोयटर्स टेक न्युज, रोयटर्स फ्याक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एशिया र रोयटर्स चाइनालगायतका खाता भने चलिरहेका छन् ।

एक्सका अनुसार अमेरिकासहित केही देशमा यस्ता कानून छन् जुन पोस्ट र एक्स खाताका सामग्रीमाथि लागू हुन्छन् । अदालतको आदेशका आधारमा सामग्रीहरू रोकिन सक्ने र स्थानीय कानून अनुसार पनि खातामाथि प्रतिबन्ध लाग्न सक्ने एक्सले जनाएको छ ।

थोम्सन रोयटर्स अन्तर्गतको रोयटर्स समाचार संस्थामा १६५ देशमा २ हजार ६०० जना पत्रकार छन् ।

सम्बन्धित खबर