
झापा । अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । ज्यान गुमाउनेमा १५ जना बालबालिका छन् ।
यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २७ जना बालबालिकाको खोजी तथा उद्धारको काम निरन्तर चलिरहेको बीबीसीले जनाएको छ ।
अहिलेसम्म बाढीबाट प्रभावित ८५० जनाको उद्धार गरिएको छ । टेक्सासका धेरै क्षेत्रहरूमा आपतकाल लागू गरिएको छ । बाढीका कारण सडकहरू बन्द छन् ।
यस्तै पानी, बिजुली तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । विज्ञका अनुसार पछिल्ला वर्ष मानव सिर्जित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रूपमा देखिन थालेका छन् ।