
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजावासीका लागि सुरक्षा चाहेको बताउनुभएको छ । उहाँले अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेट्दै युद्धविरामका लागि दबाब दिने बताउनुभएको अलजजिराले जनाएको छ ।
हमासले अमेरिकी प्रस्तावित नयाँ युद्धविराम योजनाले युद्धको अन्त्य सुनिश्चित गर्ने ग्यारेन्टी खोजिरहेको खबरमा उल्लेख छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीवार मात्रै इजरायली आक्रमणमा गाजामा कम्तिमा एक सय जनाको ज्यान गएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म इजरायलको आक्रमणबाट झन्डै ६० हजार जनाको ज्यान गइसकेको छ । युद्धमा एक लाख ३५ हजार भन्दा धेरै घाइते भएका छन् ।