२०८२ असार १८, बुधवार , ०३:१५:२३ बजे

Sajhamanch
'

‘बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकलाई प्राथमिकता दिएका छौं’

बुधवार, असार १८, २०८२

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई प्राथमिकता दिइएको बताउनु भएको छ।

बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सम्पन्न गर्न २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउँदै उक्त बजेट गतवर्षको तुलनामा २ अर्ब रुपैयाँले बढी भएको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले फास्ट ट्र्याकमा २४ अर्ब ४९ करोड ४७ लाख रकम विनियोजन गरेका छौं । बजेट अर्थमन्त्रालय मार्फत विनियोजन भएको भएपनि सिलिङ चाहिँ हाम्रो मन्त्रालय मार्फत हुन्छ । यो वर्ष फास्ट ट्र्याकमा गतवर्षभन्दा २ अर्ब बढी बजेट विनियोजन गरिएको छ ।’

मन्त्री दाहालले गत वर्षको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोका कारण पूर्वाधार क्षेत्रमा ठूलो क्षति भएको बताउँदै त्यसको पुर्नःनिर्माणको लागि १९ अर्ब स्रोत सहमति पाएको समेत जानकारी दिनुभयो ।

‘हाम्रो बजेटको विनियोजन राष्ट्रिय राजमार्गहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, राष्ट्रिय महत्वका आयोजनाहरु, रणनीतिक महत्वका आयोजनाहरु र अहिले निर्वाचन रणनीतिक सडकहरुलाई पनि प्राथमिकताका साथ समानुपातिक ढंगले सबै निर्वाचन क्षेत्रमा विनियोजन गरेको हुँदा यसलाई पनि राखेको छु’ सांसदको प्रश्नको उत्तर दिँदै मन्त्री दाहालले स्पष्ट पार्नुभयो ।

उहाँले गत वर्षको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण ठूलो क्षति भएको र त्यसले पुर्वाधारहरुमा समेत क्षति पुर्‍याएको हुँदा १९ अर्ब स्रोत सहमति प्राप्त भएको बताउनु भयो ।

बजेट विनियोजनको परम्परागत शैलीमा परिवर्तन गर्न नसकिएकोमा आफूलाई दुःख लागेको समेत मन्त्री दाहालको भनाइ छ ।

सम्बन्धित खबर