२०८२ असार १८, बुधवार , ०२:२२:३० बजे

Sajhamanch
'

अमेरिकाले युक्रेनमा गर्दै आएको हतियार आपूर्ति रोक्यो

बुधवार, असार १८, २०८२

झापा । अमेरिका र रुसबीच चलिरहेको युद्धको बीचमा अमेरिकाले युक्रेनलाई दिइने केही हतियार सहायता रोकेको छ । व्हाइट हाउसकी प्रवक्ता एना केलीले यो निर्णय अमेरिकी राष्ट्रिय हितलाई प्राथमिकता दिने उद्देश्यले गरिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी रक्षा विभागले अरू देशहरूलाई दिइने सैन्य सहायता र सहकार्यको समीक्षा गरेपछि पछिल्लो कदम चालिएको भनेको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका युक्रेनलाई अर्बौं डलर बराबरको सैन्य सहायता दिँदै आएको छ ।

तर पछिल्लो समयमा ट्रम्प प्रशासनभित्र केही अधिकारीहरूले अमेरिकी सैन्य भण्डारण कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए ।

युक्रेनी सरकारले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । रोकिने हतियारहरूमा वायु रक्षा मिसाइल र छोटो दूरीका पनि समावेश छन् । यसअघि, गएको महिना नेटो शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पसँग भेटवार्ता गर्नुभएको थियो ।

सम्बन्धित खबर