२०८२ असार १७, मङ्गलवार , १२:४४:४४ बजे

Sajhamanch
'

भारतको तेलङ्गानामा केमिकल कारखानामा विस्फोट : ३४ जनाको ज्यान गयो, ३५ घाइते

मङ्गलवार, असार १७, २०८२

झापा । भारतको तेलङ्गाना राज्यको सङ्गारेड्डी जिल्लाको पासामाइलारम औद्योगिक क्षेत्रमा एक केमिकल्स कारखानामा भएको विस्फोट र आगलागीका कारण अहिलेसम्म ३४ जनाको ज्यान गएको बीबीसी हिन्दीेले जनाएको छ ।

घटनामा ३५ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । घटनापछि अझै २४ जना हराइरहेका र उनिहरुको खोजी भइरहेको छ ।

घटनाको समयमा कारखानामा रहेका ५७ जना सुरक्षित रहेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घट्नाबाट अत्यन्त दुःखी भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले ज्यान गुमाउनेका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट प्रतिव्यक्ति दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ अनुग्रह सहायता उपलब्ध गराइने जानकारी पनि दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।

बिहार सरकारले पनि ज्यान गुमाउने बिहारका नागरिकलाई २–२ लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।

सम्बन्धित खबर