
झापा । भारतमा यस वर्ष अपेक्षाभन्दा नौ दिन अगाडि नै मनसुन देशभर फैलिएको त्यहाँको मौसम विभागले पुष्टी गरेको छ ।
देशका सबै भागहरू दिल्ली एनसीआर, राजस्थान, पश्चिम उत्तर प्रदेश र हरियाणासमेतमा मनसुनको प्रभाव रहेको टाइम्स अफ इन्डियाले लेखेको छ ।
पछिल्ला २५ वर्षमा मनसुन एकै दिन उत्तरपश्चिम भारत र एनसीआरमा फैलिएको यो चौथो पटक हो ।
पछिल्लो पटक यस्तै अवस्था चार वर्षअघि सन् २०२१ को जुलाई १३ मा देखिएको थियो भने सबभन्दा चाँडो सन् २०१३ को जुन १६ मा मनसुन फैलिएको थियो । यसपालि मनसुनले मे २४ मा केरलाबाट शुरू भएर ३७ दिनमै पुरै देश ढाकेको हो ।
भारतको मौसम विभागले आउँदो सात दिन देशका विभिन्न भागहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।