२०८२ असार १५, आइतवार , ०१:२१:३० बजे

Sajhamanch
'

इरानबाट एकै हप्तामा ८८ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइए

आइतवार, असार १५, २०८२

झापा । पछिल्लो एक हप्तामा इरानबाट ८८ हजारभन्दा बढी अफगानी आप्रवासी स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार उनीहरू सबै कागजातविहीन थिए ।

आइओएमको जुन २८ मा सार्वजनिक विवरणअनुसार जुन १८ देखि २६ सम्म ८८ हजार तीन सय आठ जना अफगानी नागरिकलाई इरानले देश निकाला गरेको हो । तीमध्ये धेरैजसोलाई जबर्जस्ती अफगानिस्तान पठाइएको छ ।

फिर्ता भएकामध्ये ५५ प्रतिशतलाई बलपूर्वक निकालिएको र ६४ प्रतिशत परिवारसहित यात्रा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, तीमध्ये मात्र ११ प्रतिशतले अन्तर्राष्ट्रिय सहयोग पाएका छन् । स्रोतको अभावले धेरैलाई आधारभूत सेवा पनि पुर्‍याउन नसकिएको आइओएमले जनाएको छ ।

यसअघि, जुन १० देखि १७ सम्म ३२ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइएका थिए । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० र आइओएमले भीडभाड भएका सीमा क्षेत्रमा फर्कनेहरूको स्वास्थ्य र सुरक्षामा गम्भीर जोखिम रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोग गर्न अपिल गरेका छन् ।

सम्बन्धित खबर