२०८२ असार १३, शुक्रवार , ०८:१५:२२ बजे

Sajhamanch
'

एसईई परीक्षा २०८१ को नतिजा सार्वजनिक, ६१ दशमलव ८१ प्रतिशत ग्रेडेड

शुक्रवार, असार १३, २०८२

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ सार्वजनिक गरेको छ ।

अहिले साँझ बसेको बोर्ड बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो ।

एसईईको नतिजामा ६१ दशमलव ८१ प्रतिशत ग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिनु भएको हो।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

सम्बन्धित खबर