२०८२ असार १३, शुक्रवार , ०३:१२:४९ बजे

Sajhamanch
'

इरानलाई आणविक ऊर्जा केन्द्र निर्माणमा सहयोग गर्ने अमेरिकाको तयारी

शुक्रवार, असार १३, २०८२

झापा । अमेरिकाले इरानलाई ३० अर्ब अमेरिकी डलर बराबरको आणविक ऊर्जा केन्द्र निर्माण र प्रतिबन्ध फुकुवा लगायत अन्य आर्थिक कार्यक्रम सहयोग गर्नेबारे तयारी गरिरहेको छ।

झन्डै दुई हप्तासम्म इरान र इजरायलले युद्ध गरिरहेको समयमा अमेरिका र मध्यपूर्वका मुख्य प्रतिनिधिले इरानसँग वार्ताको प्रयास गरिरहेका सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अनुसार प्रस्तावहरू प्रारम्भिक चरणमा रहेका छन् । समय अनुसार छलफल र सर्तहरु परिवर्तन हुनसक्ने प्रशासनको सङ्केत छ । इरानले युरेनियम सम्वर्द्धन गर्न नपाउने सर्त चाँहि कायमै रहने खबरमा उल्लेख छ ।

अहिलेको प्रस्तावमा समावेश गरिएको सर्तअनुसार, इरानको लागि गैरपरमाणु ऊर्जा कार्यक्रममा अरब साझेदारहरूले लगानी गर्नेछन् । इरानसँगको वार्ताका लागि कतार महत्त्वपूर्ण मध्यस्थको भूमिकामा रहेको छ । कतारले यसै हप्ता इजरायल–इरानबीचको युद्धविराम सम्झौता गराउन पनि भूमिका खेलेको थियो ।

गएको शुक्रवार व्हाइट हाउसमा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र खाडी देशका प्रतिनिधिबीच भएको गोप्य बैठकमा सम्भावित सर्तहरूको विस्तृत छलफल भएको थियो । बैठकको भोलिपल्टै अमेरिकाले इरानमा हवाई आक्रमण गरेको थियो ।

सम्बन्धित खबर