
काठमाडौं । अबदेखि यूएई जाने श्रमिकको तलब कम्तिमा पनि १४०० दिराम हुनुपर्ने भएको छ । आवुधाबीमा रहेको नेपाली दूतावासले हिजो नयाँ तलब–स्केल सार्वजनिक गर्दै तोकिएको तलबभन्दा कममा मागपत्र प्रमाणीकरण नहुने जनाएको छ ।
दूतावासका अनुसार अदक्ष श्रमिकले मासिक न्यूनतम तलब एक हजार दिराम र खाना खर्च ४०० दिराम गरेर कम्तीमा १४०० दिराम पाउनुपर्नेछ । त्यस्तै अर्धदक्ष कामदारले मासिक न्यूनतम तलब १२०० दिराम र खाना खर्च चार सय दिराम गरेर कम्तीमा १६०० दिराम पाउनुपर्छ ।
दक्ष कामदारले मासिक न्यूनतम तलब १५०० दिराम र खाना खर्च ४०० दिराम गरेर कम्तीमा १९०० दिराम पाउनुपर्छ । उच्च दक्षता भएका श्रमिकको हकमा न्यूनतम छ हजार दिराम तलब र खाना खर्च ४०० गरी कम्तीमा छ हजार ४०० दिराम हुनुपर्छ ।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यूएई जाने नेपाली कामदारको न्यूनतम तलब मासिक एक हजार दिराम हुनुपर्ने निर्णय गर्नुभएको थियो ।