२०८२ असार १२, बिहिवार , ११:०४:१० बजे

Sajhamanch
'

नाटोले पाँच प्रतिशत सुरक्षा खर्च बढाउने

बिहिवार, असार १२, २०८२

झापा । उत्तर एट्लान्टिक सन्धि सङ्गठन, नाटोले सुरक्षा खर्च पाँच प्रतिशतले बढाउने निर्णय गरेको छ । नाटोका नेताहरु सन् २०४६ देखि लागू हुनेगरी सुरक्षा खर्चमा पाँच प्रतिशतले वृद्धि गर्ने कुरामा सहमत भएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोले सुरक्षा खर्च बढाउनुलाई ठूलो उपलब्धि भएको बताउनुभएको छ । उहाँले लगातार एक महिनादेखि दिएको दबाबका कारण नाटो सुरक्षा खर्च बढाउन सहमत भएको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।

नेदरल्यान्ड्सको हेगमा भइरहेको नाटो शिखर सम्मेलनमा भएको निर्णयलाई राष्ट्रपति ट्रम्पले अमेरिका र पश्चिमी सभ्यताकै लागि ठूलो जीतको रूपमा व्याख्या गर्नुभएको छ ।

नाटोका सदस्य राष्ट्रले संयुक्त रूपमा निकालेका विज्ञप्तिमा रुस र विद्रोहीबाट बढ्दो चुनौतीका बीचमा गहिरो सुरक्षा संयन्त्रका लागि खर्च बढाउनु आवश्यक रहेको उल्लेख छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमा र नागासाकीमा खसालिएको आणविक बमसँग पछिल्लो समय अमेरिकाले इरानमाथि गरेको आक्रमणको तुलना गर्नुभएको छ ।

सम्मेलनमा उहाँले दोस्रो विश्वयुद्धमा खसालिएको बलमे युद्ध अन्त्य गरेजस्तै इरानको आणविक केन्द्रमा अमेरिकाले गरेको आक्रमणले इजरायल र इरानबीच युद्धविराम गर्न सफल भएको दाबी गर्नुभएको छ ।

सम्बन्धित खबर